हाल नेपालमा तीन मौसमी प्रणालीको प्रभाव

काठमाडौ । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था  रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

शुक्रवार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली  रही  देशका  बाँकी  भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशमा र  अन्य प्रदेशका पहाडी भू-भागका धेरै स्थानमा  मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

शनिबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली  रही  बाँकी  भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेस  प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र  अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा  मेघ गर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आइतबार  देशका पहाडी भू-भागमा आंशिकदेखि  सामान्य बदली  रही  देशका  बाँकी  भू-भागमा आंशिक बदली रहनेछ।  प्रदेशका पहाडी भू-भागका केही स्थानमा  मेघ गर्जन / चट्याङ्ग  सहित हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही  स्थानमा  गर्जन / चट्याङ  र  हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here