धादिङ । २०७८ चैत २० गते मात्र निलकन्ठ ११ ज्यामरुङमा कार्यलय स्थापना गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी चुनाबी मैदानमा उत्रिएको छ।
नगरपालिकाको कुल १४ वटा वार्डमध्ये सर्बाधिक चासो को रुपमा हेरिएको यस वडामा राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै सदस्यहरु सहित बैशाख ११ गते निर्बाचन कार्यलय धादिङबाट मनोनयन दर्ता गरेको हो।
अघिल्लो स्थानिय निर्बाचनमा मुख्य ३ दल चुनाबी प्रतिस्पर्धा मा देखिएको यस वार्डमा माओवादी केन्द्र झिनो मतअन्तरले बिजयी भएको थियो । क्रमश काङ्ग्रेस, नेकपा एमाले पनी उतिकै प्रतिस्पर्धी रहेको थियो। अहिले यिनै दलहरु लगायत राष्ट्रिय प्रजातन्त्र पार्टी को सहभागिताले झनै प्रतिस्पर्धा हुने देखिन्छ । वडा अध्यक्ष पदको लागी श्याम बिक्रम शाह, महिला सदस्य रिता लंम्साल, दलित महिला सदस्य, गिता मग्राती, वडा सदस्य पुरुष सदस्यहरु खड्ग बहादुर गुरुङ, बसन्त बोगटीले उम्मेदवारी दिएको छ।






