निलकन्ठ १३ को वडा अध्यक्षमा युवा नेता प्रेम ब. गुरुङको उम्मेदवारी ‘यस्ता छन प्रतिबद्धताहरु’

धादिङ । नेकपा माओवादी केन्द्र बाट निलकन्ठ नगरपालिका वडा न. १३ मा को वडा अध्यक्ष युवा नेता प्रेम बहादुर गुरुङले उम्मेदवारी मनोनयन गर्नु भएको छ । साथै आगामी निर्वाचनमा गुरुङले जिते यस्ता कामहरु गर्नु हुने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

कृषि तथा पशुपं​क्षि

  • नगदेबाली धान मकै कोदो अदुवा बेसार कफि खेति पकेट क्षेत्र बिस्तारमा सहयोग गरि कृषकहरुको आयआर्जनमा बृद्धि गर्नेछु।
  • दुध उत्पादन गर्ने प्रजातिका पशुहरु पालनमा नीतिगत प्रबर्धन गरी दुध संकलन केन्द्र स्थापना गरी सहज बिक्रिको ब्यबस्था गर्नेछु।
  • निलकन्ठ १३ लाई व्यवसायिक बाख्रापालनको पकेट क्षेत्र बिस्तार गर्न सहयोग गर्नेछु।
  • व्यवसायिक तरकारी खेतिको लागि युवा तथा बेरोजगार रहनुभएका वडाबासिहरुलाई बार्षिक तालिम तथा उद्यमी बन्न सहयोग गर्नेछु।
  • कृषियोग्य ठुला फाँठहरुलाई छुने गरेर ब्यबस्थित कृषि सडक बिस्तार तथा नहरकुलोको ब्यबस्था गर्नेछु।
  • बिभिन्न जातका माछा उत्पादन,पशुपंक्षिहरुको मासु उत्पादन,संकलन र सहज ढंगले बिक्रि बितरण गर्न सक्ने र उध्यमी ब्यबसायिलाई सफल बनाउने प्रयास गर्नेछु।
  • सडकका नालिबाट बर्खायाममा बग्ने भलबाढिको उचित ब्यबस्थापन गरि खेतियोग्य जमिनहरुको संरक्षण गर्नेछु।
  • सडक लगायत खोल्सिका भलबाढिले बिगारेका खेतियोग्य खेतबारी(गैर्हाबारी,भोर्लेफाँठ लगायत)मा व्यवस्थित पक्कि वाल उठाउने र ग्याविन गर्नेछु।
  • कृषि पर्यटनको सुरुवात गरी आन्तरिक तथा बाह्य कृषि पर्यटकहरुलाई रैथाने खाना खाने ब्यबस्था र बास बस्नको लागि कृषि होमस्टे संचालन गुरुयोजना बनाउनेछु।

भौतिक पूर्वाधार

  • वडाभरी रहेका सडकहरुलाई स्तरोन्नति गरी सडक नपुगेका बस्तिहरुमा सडक पुर्याउनेछु।
  • वडाभरीका प्रत्येक घरधुरीमा आधुनिक धारोसहितको स्वच्छ खानेपानीको ब्यबस्था गर्नेछु।
  • पार्टिगत सिद्धान्तका आधारमा बिभेद नगरी प्राथमिक आवश्यकताका आधारमा बिकास योजनाहरु अगाडि सार्नेछु।
  • बस्तिभित्रका भित्रि गोरेटोहरुमा ब्यबस्थित सिँडि निर्माण गर्नेछु।
  • बिजुलिका अब्यबस्थित पोलहरु ब्यबस्थापन गर्नेछु।
  • बिकासका योजनाहरु सम्पन्न भएपछि सार्वजनिक सुनुवाई अनिवार्य रुपमा लागू गराउनेछु।

शिक्षा तथा खेलकुद

  • क्षमताका आधारमा नभई पार्टिका कार्यकर्तालाई बिध्यालयमा शिक्षक/शिक्षिका नियुक्त गर्ने परिपाटिको अन्त्य गर्नेछु।
  • वडाभरिका सामुदायिक बिध्यालयहरुको शैक्षिक गुणस्तरको अवस्था सुधार गर्न आवश्यक भुमिका निर्वाह गर्नेछु।
  • शिक्षकसँग जनप्रतिनिधिले सार्वजनिक रुपमा अन्तरक्रिया कार्यक्रम संचालनको सुरुवात गर्नेछु।
  • बिध्यालय र शैक्षिक संस्थानभित्र हुने आर्थिक अनियमिततामाथि अंकुश लगाउने छु।
  • आर्थिक रुपमा कमजोर जेहेन्दार बिध्यार्थिहरुलाई बिध्यालय तथा उच्च शिक्षाका लागि सहज गराउने कार्यक्रमहरु बनाउनेछु।
  • बिध्यालय तथा बस्तिहरुमा भएका खेलमैदानहरुको स्तरोन्नति र नभएका ठाउँहरुमा नयाँ खेलमैदान निर्माण गर्नेछु।
  • अति आवश्यकताका र मागका आधारमा खेल पहिचान गरी नियमित प्रशिक्षण गर्ने गराउने ब्यबस्था गर्नेछु।
  • सम्बन्धित खेलमा उत्कृष्ट खेलाडिहरुलाई माथिल्लो तहसम्मको प्रतियोगिताहरुमा सहभागी गराउन पहल गर्नेछु।

सामाजिक सुरक्षा / बिशिष्ट परियोजना

  • घरेलु महिला तथा बालबालिका हिंसा,बालश्रम,सामाजिक बिभेद,जातिय बिभेद,धार्मिक बिभेद,बौद्दिक श्रमशोषण,यौन दुराचार,यौन दुर्व्यवहार,सार्वजनिक अपराध,लागू ओैषध कुलत जस्ता सामाजिक बिषयहरुमाथि त्रैमासिक रुपमा बहस,प्रशिक्षण,छलफलहरु चलाउनेछु।
  • राज्यले उपलब्ध गराउने बिभिन्न खालका अशक्त तथा जेष्ठ नागरिक भत्ताहरु टोलटोलमै सहज तरिकाले प्राप्त गर्न सक्ने ब्यबस्था गर्नेछु।
  • ब्यक्तिको क्षमता र रुचि पहिचान गरी सिप बिकास तालिम,क्षमता अभिवृद्धि तालिम संचालन तथा सहभागी गराई उद्यमी व्यवसायि बन्न प्रेरित गर्ने।
  • साप्ताहिक/पाक्षिक रुपमा वडावासीसँग प्रत्यक्ष रुपमा जनप्रतिनिधि भेटघाट कार्यक्रमको सुरुवात गरी वडाबासीको माग र अति आवश्यकताका आधारमा योजना तथा कार्यक्रमहरु ल्याउनेछु।
  • वडा र स्थानिय तहले गर्न नसक्ने ठुला बिकासका परियोजनाहरुको आवश्यकता पहिचान गरी प्राविधिक अध्ययन गराई माथिल्लो तह प्रदेश सरकार र संघिय सरकार मार्फत लागू गराउने।

सुचना तथा संचार

  • वडाभरी भएगरेका हुँदै गरेका बिकास निर्माण तथा सार्वजनिक कार्यहरुको सुचि वडा कार्यालय र अन्य सार्वजनिक स्थलमा सुचना टाँस्ने ब्यबस्थाको सुरुवात गर्नेछु।वडाबाहिर बस्ने,देशबाहिर बस्ने वडाबासिहरुले पनि सुचना पाउने गरि सामाजिक संजाल र वेभसाईटमार्फत जानकारी पाउन सक्ने ब्यबस्था गर्नेछु।
  • वडाबाहिर बस्ने,देशबाहिर बस्ने वडाबासिहरुले पनि आफ्ना माग आवश्यकताहरु सार्वजनिक रुपमा वा गोप्य ढंगले जनप्रतिनिधिसँग राख्न सक्ने ब्यबस्था गर्नेछु।
  • बार्षिक रुपमा र योजना सम्पन्न भएपछि अनिवार्य रुपमा सार्वजनिक सुनुवाई कार्यक्रमलाई कार्यान्वयन गर्नेछु।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here