नेकपा एमाले नीलकण्ठ ४ को वडा कमिटी गठन सम्पन्न: अध्यक्षमा बम ब. तामाङ

धादिङ, चैत – २ । नेकपा एमाले नीलकण्ठ नगरपालिका वडा न. ४ को वडा कमिटी गठन शनिबार बिहान पौवामा सम्पन्न भएको छ ।

बम बहादुर तामाङको अध्यक्षतामा २५ सदस्यीय कार्यसमितिको गठन गरिएको सुर्य तामाङले बताए । कार्यक्रममा हरि बहादुर श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो ।