धादिङ, फागुन – २६ । खनियाबास ४ दार्खामा बुधबार राप्रपाको पालिका पार्टी कार्यालय भवन उत्घाटन गरिएको छ । पुर्व गृहमन्त्री बुद्धिमान तामाङको प्रमुख आतिथ्यमा पार्टी कार्यालय उद्घाटन गरिएको हो ।
पुर्व गृहमन्त्री तामाङले पार्टीमा नव प्रबेशीहरुलाई समेत स्वागत गर्नु भयो उक्त कार्यक्रममा तामाङले उपस्थित सबैलाई अब राप्रपामा हृदय देखी लाग्न आग्रह गर्दै, राप्रपाले मात्रै अब स्थानीय निकाय र देशलाई निकास दिने बताए ।