म्हेन्दोमाया कलाकार संघ द्दारा आयोजित लोछार कार्यक्रम हिजो सम्पन्न ।

धादिङ, १९,फाल्गुन,
तामाङ जातिको बाहुल्यता रहेको धादिङमा कोरोना महामारीका कारण स्थगित भएको सोनाम ल्होछार शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होछारको अवसरमा धादिङबेसीमा वृहत सांस्कृतिक कार्यक्रम गरी विहिबार २८५८ औं सोनाम ल्होछार मनाईएको छ ।

म्हेन्दोमाया कलाकार संघ धादिङको आयोजनामा आयोजित कार्यक्रममा पुर्व कानुन राज्यमन्त्रि दिलमान पाख्रिनको प्रमुख आतिथ्यता तथा पुर्व पर्यटन राज्यमन्त्रि परशुराम तमाङको विशेष आतिथ्य रहेको थियो । सोनाम ल्होसारको अन्त्य गर्दै ग्याल्पो ल्होसारको सुरुवात भएको अवसरमा बृहत सांस्कृतिक कार्यक्रम कार्यक्रम साथ ल्होछार मनाएको हो । धादिङबेसीस्थित खुल्लामञ्चमा भएको कार्यक्रममा म्हेन्दोमाया कलाकारहरु मनमाया वाइबा, आरम्भ तामाङ,युवि मङ्ग्रेसा, रमला पाख्रिन, रोसन फ्युबा, डोल्मा मनाङ थेन, आरवि लामा वाङ्देन,फुर्बा लामा, जयबिर तामाङ लगायतका कलाकारहरुले प्रस्तुती प्रस्तुत गरी मनोरञ्जन दिलाएका थिए ।