धादिङ । जिल्ला प्रसांसन कार्यालय धादिङ र निर्बाचन आयोगको संयुक्त आयोजनामा संचालित मतदाता नामावली अद्यावधिक (दावी विरोध समेत) विशेष अन्तरक्रिया कार्यक्रम धादिङबेसिमा सम्पन्न भएको छ। कार्यक्रममा मिडीया कर्मी र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, एबं सरोकारवालाहरुको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा सम्बोधन गर्दै ,जिल्ला सीडीओ कार्यलयका प्रमुख कृष्ण प्रसाद लम्साल भने ,अब आउने बैसाख ३० गते हुन गईरहेको निर्बाचनलाई कसरी सफल पार्ने र आम जनताहरु गुनासोहरुको जानकारी पाउनका लागि आफुहरुले बोलाएको बताउनु भएको थियो।र कुनै समस्य छन भने त्यसलाई कसरी समाधान गर्ने ,भन्ने बारेमा छलफल हुन आवश्यक रहेको ,सीडीओले बताउनु भएको थियो।
निर्बाचन आयोगका प्रमुख सन्तोष कुमार श्रेष्ठका भन्नुभयो अब आऊने निर्बाचनलाई कसरी सहज बनाउने र आम जनतालाई नामावाली कसरी प्रदान गर्ने र हरेक नागरिकलाई कसरी नामावली उपलब्ध गराउने ,भन्ने बिषयमा ब्यापक छलफल हुन आवश्यक रहेको हुनाले आफुहरुले निमन्त्रण गरेको श्रेष्ठले बताउनु भएको थियो ।
आम नेता कार्यकर्तालाई आफ्नो नामावली कुन तारिकाले दिदा राम्रो हुनछ?भन्ने प्रश्नमा उत्तर दिदै अब आऊने १९ गते विभिन्न स्थानीय तहको नामावाली विवरण सर्वजनिक गर्ने र केही समय पछि आफ्नो वडा-वडामा पठाउने र त्यस बखत आफ्नो परिचय पत्र आफुले मात्रै लिन पाउने र अरूको लान नपाउने बरु आवश्यक परे हेरेर जना मिल्ने तर नामावाली लिन भने व्यक्ति स्वयम आउनु पर्ने बताउनु भएको थियो।
कार्यक्रममा उपस्थितिहरुले नामावली सहज उपलब्धताको बिषयलाई लिएर जिज्ञासा राखेका थिए ,अधवबिक दाबी बिरोधकै समयमा जिल्लाको मतदाता नामावलीसुची सहज उपलब्ध गराउन सके त्रुटि भए सच्याउन सहयोग मिल्ने प्रस्ताव राखेका छन् ।
त्यस्तै ,अपांगता भएकोहरुले निर्वाचनमा समस्य भोग्नु परेको बताए ,स्वस्तिक छाप सानो हुनु ,मतदान स्थलमा सवारी लैजान नपाउनु ,आफुले चाहेको दल र चिन्हमा मत हाल्न सहज नहुन जस्ता समस्यहरुको बारेमा छलफल भएका छन् ।






