काठमाडौ । विश्व एकातिर कोरोना भाइरसको भेरिएन्टहरुसँग जुझ्नका लागि लागिरहेको छ भने यसैगरी अर्कातिर एचआइभीको पनि नयाँ भेरिएन्ट देखापरेको छ । नेदरल्यान्डमा वैज्ञानिकले एचआइभीको एक यस्तो स्ट्रेन फेला पारेका छन्, जसले भाइरसको विद्यमान भेरियन्टको तुलनामा बिरामीको स्वास्थ्य तीव्र रूपमा असर पुर्याउँछ ।
एचआइभीबाट सङ्क्रमित भइसकेपछि मानिसमा एक्वायर्ड इम्यून डिफिसियन्सी सिन्ड्रोम (एड्स) अवस्था बन्न जान्छ । यो भाइरस सामान्य रूपमा असुरक्षित यौन सम्बन्ध राख्नाले हुने गर्छ । यसले बिरामीको शरीरमा रहेको सीडी–४ नामको प्रतिरक्षा सेल्सलाई समाप्त पारिदिन्छ । यद्यपि एचआइभी/एड्सको कुनै स्थायी उपचार छैन । यसबाट केवल बचाउन मात्रै सकिन्छ ।
अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकको अनुमान अनुसार यो नयाँ भेरिएन्टको नाम भीबी भेरिएन्ट दिइएको छ । यद्यपि यो नेदरल्यान्डमा तीव्र दरमा फैलिरहेको छ । यसबाट सङ्क्रमित मानिसमा सीडी–४ सेल दुई गुणा तीव्र दरमा कम हुने पाइएको छ । सही समयमा जाँच नहुनाले यसका बिरामीमा एड्सको चरण छिट्टै आउन सक्छ । अर्थात् पछिल्लो एचआइभीको भेरिएन्टको सङ्क्रमण भएपछि एड्सको समय ६–७ वर्ष पछि आउने गर्दथ्यो । भीबीबाट सङ्क्रमित भएपछि यो स्थिति २–३ वर्षमै आउन सक्ने बताइएको छ ।
– ratopati.com