ब्राजिलको सुरुआत निराशाजनक, मोरक्कोसँग बराबरी

खेल खबर । पाँच पटकको विश्व विजेता Brazil ले फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा जित निकाल्न सकेन। समूह ‘सी’ अन्तर्गत आइतबार बिहान भएको प्रतिस्पर्धामा Morocco सँग १–१ गोलको बराबरी खेलेपछि ब्राजिलले अंक बाँड्न बाध्य भयो।
खेलको २१औँ मिनेटमा इस्माइल साइबरीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए। त्यसपछि ३२औँ मिनेटमा भिनिसियस जुनियरले ब्राजिलका लागि बराबरी गोल फर्काए।
पहिलो हाफमै दुवै टोलीबाट एक–एक गोल भए पनि दोस्रो हाफमा थप गोल हुन सकेन। परिणामस्वरूप दुवै टोलीले एक–एक अंक जोड्दै प्रतियोगिताको सुरुआत गरेका छन्।
सन् २०२२ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको मोरक्कोले यसपटक पनि बलियो प्रदर्शनको संकेत दिएको छ भने उपाधि दाबेदार ब्राजिलले पहिलो खेलमै अंक गुमाएको छ।