न्यु किबो बोर्डिङ स्कुल आधारभूत तह परिक्षामा शतप्रतिशत सफलता, उत्कृष्ट GPA

धादिङ । आधारभूत तह परीक्षा (BLE)–२०८२ को नतिजामा न्यु किबो बोर्डिङ स्कुल उत्कृष्ट देखिएको छ। परीक्षामा सहभागी ४६ जना विद्यार्थीमध्ये सबैजना सफल भएका छन्।

नतिजाअनुसार जेनिक राना मगर र अंकित लम्सालले ४.० GPA हासिल गर्दै उत्कृष्टता हासिल गरेका छन्। त्यसैगरी अनुराज श्रेष्ठ, निरज रिजाल र कृशल रेग्मीले ३.९७ GPA ल्याएर उल्लेखनीय सफलता प्राप्त गरेका छन्।

कुल ४६ विद्यार्थीमध्ये २ जनाले ४.० GPA, ३९ जनाले ३.६१ देखि ३.९९ GPA (A+) र ५ जनाले ३.२० देखि ३.६० GPA (A) ल्याएका छन्।