धादिङ । काठमाडौं सुर्यमुखी लायन्स क्लबले २०८२–८३ सालका लागि नयाँ कार्यसमिति चयन गरेको छ। धादिङबेसीमा सम्पन्न “Election Program” मार्फत राजाराम रिजाललाई अध्यक्षको रूपमा चयन गरिएको हो।
रिजालको नेतृत्वमा गठन भएको कार्यसमितिमा क्लबको व्यवस्थापन र सेवा कार्यका लागि प्रमुख पदाधिकारीहरू चयन भएका छन्।
मुख्य पदाधिकारीहरू:
अध्यक्ष: राजाराम रिजाल
प्रथम उपाध्यक्ष: डा. दिनेश रेग्मी
द्वितीय उपाध्यक्ष: तारा रिजाल
सचिव: सुदर्शन गोम्जा
कोषाध्यक्ष: बेदनाथ दनै
अन्य पदाधिकारीहरू:
क्लब एड्मिनिस्ट्रेटर: मन्दिरा आचार्य
सह–सचिव: डा. रेशम विक्रम सिन्जाली
क्लब डाइरेक्टर: डा. अशोक छत्कुली
सर्भिस चेयरपर्सन: राजेश गुरुङ
मार्केटिङ चेयरपर्सन: हरी बहादुर
सदस्यहरू:
पवित्रा लम्साल, जीत कुमारी गिरी, श्याम अधिकारी, राज कुमार ढुङेल, राम बहादुर श्रेष्ठ, अशोक विक, र मालती रसाइली।
कार्यक्रममा उपस्थित अतिथिहरूले नव–निर्वाचित कार्यसमितिलाई शुभकामना दिँदै, सामाजिक सेवा कार्य र समुदायमा सकारात्मक योगदान दिन प्रेरित गरेका छन्। साथै, क्लबले आगामी वर्षमा शिक्षा, स्वास्थ्य, समाजसेवा, र विपन्न वर्ग सहयोगमा थप पहल गर्ने योजना बनाएको छ।
कार्यक्रममा धादिङका स्थानीय नेता, पत्रकार, र सामाजिक संस्था प्रतिनिधिहरू उपस्थित थिए। अतिथिहरूले लायन्स क्लबको सामाजिक योगदानको प्रशंसा गर्दै आगामी कार्यसमितिलाई जिम्मेवारीपूर्ण नेतृत्वमा सफल हुने आशा व्यक्त गरेका छन्।






