त्रिपुरासुन्दरी–७ मा अपाङ्गता कार्ड पुनरावलोकन सम्पन्न: सबै वडामा सञ्चालन गरिने

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ७ खहरेमा अपाङ्गता भएका व्यक्तिहरूको अपाङ्गता परिचयपत्र (कार्ड) पुनरावलोकन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत महेश कुमार मिश्र, वडा नं. ७ का वडाध्यक्ष सुवास अधिकारी, सम्बन्धित शाखा प्रमुख पार्वती रेग्मी बुर्लाकोटी, सल्यानटार प्राथमिक उपचार केन्द्रका प्रमुख मन्जिल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा सुरक्षा निकायका प्रतिनिधि तथा अपाङ्गता भएका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूको अवस्थाको पुनरावलोकन गर्दै आवश्यक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।

यस कार्यक्रम त्रिपुरासुन्दरी गाउँपालिकाका सातै वडाहरूमा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ।