धादिङमा ३१ औँ जनयुद्ध दिवस विविध कार्यक्रम सहित मनाइँदै

धादिङ । ३१ औँ जनयुद्ध दिवसको अवसरमा नेपाली कम्युनिस्ट पार्टी धादिङ जिल्ला कमिटीले जिल्लाभरिका पालिकास्तरमा विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउने निर्णय गरेको छ।

जिल्ला कमिटीले जिल्ला भरिका सम्पूर्ण पालिका पार्टी कमिटीहरूलाई समेत आ–आफ्नो क्षेत्रमा कार्यक्रम आयोजना गरी जनयुद्ध दिवस मनाउन निर्देशन दिएको जनाएको छ।

सोही निर्णयअनुसार नेपाली कम्युनिस्ट पार्टी नीलकण्ठ नगर समितिको आयोजनामा जिल्ला प्रशासन कार्यालय परिसरस्थित बेपत्ता स्मृति प्रतीक्षालयमा बिहान ८:०० बजे सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ।

यसैगरी, सोही स्थानमा साँझ ६:०० बजेदेखि दीप प्रज्वलन कार्यक्रम गरी बेपत्ता तथा सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवस मनाइने नगर समितिले जनाएको छ।

कार्यक्रममा सम्पूर्ण पार्टीपंक्ति, जनवर्गीय संगठनका प्रतिनिधि तथा शुभेच्छुक महानुभावहरूलाई उपस्थित भई ऐक्यबद्धता जनाउन हार्दिक अनुरोध गरिएको छ।