इरानमाथि आक्रमण भए क्षेत्रीय युद्ध फैलिने खामेनीको चेतावनी

अन्तर्राष्ट्रिय खबर । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकाले इरानमाथि आक्रमण गरे त्यसले यस क्षेत्रलाई नै समेट्ने युद्ध निम्त्याउने चेतावनी दिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यूएसएस अब्राहम लिंकनसहितका युद्धपोतहरू अरब सागरमा तैनाथ गरेपछि खामेनीको प्रतिक्रिया आएको हो।
सामाजिक सञ्जालमार्फत खामेनीले यदि अमेरिकाले युद्ध सुरु गरे त्यसको असर इरानमा मात्र सीमित नहुने स्पष्ट पारेका छन्।