काठमाडौँ । धेरैको दिनको सुरुवात चिया बिना हुँदैन। तर एक पटक बनेको चियालाई चिसो भएपछि फेरि–फेरि तताएर खाने बानी स्वास्थ्यका लागि हानिकारक भएको विज्ञहरूको सुझाव छ।
चिया चिसो भएपछि तताउँदा यसको स्वाद बिग्रने, एन्टिअक्सिडेन्ट नष्ट हुने र एसिडिटी तथा पेटसम्बन्धी समस्या बढ्ने खतरा हुन्छ। लगातार तताएको चियामा ब्याक्टेरिया वृद्धि हुने सम्भावना पनि रहने स्वास्थ्य विशेषज्ञहरूले बताउँछन्, जसले संक्रमणको जोखिम बढाउन सक्छ।
ताजा चियामा शरीरलाई फाइदा पुग्ने तत्वहरू रहन्छन् तर पुनःतातो गर्दा ती तत्वहरू कमजोर हुने भएकाले एक पटक पकाएको चियालाई पटक–पटक तताएर सेवन नगर्न सुझाव दिइएको छ।




























