काठमाडौ । मधेस प्रदेशको धनुषामा सात राजनीतिक दलले आज पनि प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेका छन्।
मुख्यमन्त्री पदबाट हटाउनुपर्ने मागसहित उनीहरूले मधेस भवन अगाडि बसेर विरोध कार्यक्रमलाई निरन्तरता दिएका छन्।
कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा नेपाल, नेकपा (एस) र नागरिक उन्मुक्ति पार्टी समेटिएको गठबन्धनले प्रदेशमा देखिएको राजनीतिक अवस्थाको विरोध गर्दै क्रमिक आन्दोलन सुरु गरेको बताएको छ।




























