बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको फैसला

काठमाडौं । बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनामाथि मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै विशेष न्यायाधिकरणले मृत्युदण्डको सजाय सुनाएको अन्तर्राष्ट्रिय समाचारमा उल्लेख छ।

लामो समयसम्म चलेको सुनुवाइपछि न्यायाधिकरणले उनीमाथि गत वर्ष विद्यार्थी आन्दोलनका क्रममा सुरक्षाबलमार्फत कडा दमन गर्न निर्देशन दिएको प्रमाणित भएको जनाएको छ। उक्त घटनामा व्यापक मानव अधिकार उल्लङ्घन भएको भन्दै अदालतले हसिनालाई दोषी ठहर गरेको हो।

अदालतको फैसलापछि बंगलादेशको राजनीतिक वातावरण थप तनावग्रस्त बनेको बताइन्छ। हसिनासँगै उनका दुई शीर्ष सहयोगीमाथि पनि उही मुद्दामा निर्णय हुन बाँकी रहेको जनाइएको छ।