काठमाडौँ । लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्य सेवातर्फका विभिन्न पदका लागि आवेदन खुला गरेको छ। आयोगले बुधबार सूचना जारी गर्दै राजपत्रांकित तृतीय श्रेणी प्राविधिक र स्वास्थ्य सेवाका सातौँ तथा आठौँ तहमा कुल १७० जना कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।
आयोगका अनुसार इच्छुक उम्मेदवारले आवेदन अनलाइनमार्फत मंसिर १६ गतेसम्म दिन सक्ने छन्। त्यही दरखास्तमा दोब्बर दस्तुर तिरेर मंसिर २३ गतेसम्म पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
सूचनामा आवेदन फाराम आयोगको विद्युतीय प्रणालीमार्फत मात्र भरिने उल्लेख गरिएको छ। योग्यता पुगेका नेपाली नागरिकलाई निर्धारित म्यादभित्र आवेदन दिन आयोगले आह्वान गरेको छ।





























