रवीभ्यालीमा सामाजिक सुरक्षा भत्ता आगामी मंसिर १ देखि १२ गते सम्म वितरण गरिने

धादिङ । ग्लोबल आइएमई बैंक लिमिटेडको रवि भ्याली शाखाले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक गरेको छ।

शाखाले वडा नं. १ देखि ६ सम्मका लाभग्राहीहरूलाई मिति अनुसार रकम वितरण गर्ने तालिका जारी गरेको हो। बैंकले लाभग्राहीहरूलाई आफू पर्ने वडाको तोकिएको मितिमा मात्र उपस्थित हुन अनुरोध गरेको छ।

वितरण तालिका यसप्रकार रहेको छः

मिति वडा नम्बर

कात्तिक ३० र मंसिर ०१ गते वडा नं. ३
मंसिर ०२ र ०३ गते वडा नं. २
मंसिर ०४ र ०५ गते वडा नं. १
मंसिर ०७ र ०८ गते वडा नं. ४
मंसिर ०९ र १० गते वडा नं. ५
मंसिर ११ र १२ गते वडा नं. ६

बैंकले खातामा रकम पुगेका लाभग्राहीहरूले तोकिएको मितिपछि पनि आफ्नो सुविधाअनुसार रकम झिक्न सक्ने जनाएको छ।

रवि भ्याली शाखाले सामाजिक सुरक्षा भत्ताको वितरण प्रक्रिया सहज र व्यवस्थित बनाउने उद्देश्यले यसपटक स्पष्ट तालिका सार्वजनिक गरेको जनाएको छ।