राष्ट्र बैंकले कुमारी र प्राइम बैंकलाई कार्वाही गर्ने चेतावनी

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक निरीक्षणपछि कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई सचेत गराएको छ।

राष्ट्र बैंकका अनुसार कुमारी बैंकले कालो सूचीमा रहेका खातामा अनधिकृत कारोबार गरेको पाइएको छ। यस्तै, प्राइम बैंकले कर्जाको वर्गीकरण तथा जोखिम गणनामा त्रुटि गरेको भन्दै दुवै बैंकलाई सचेत गराइएको हो।

नियामक निकायले दुवै बैंकलाई आगामी दिनमा नियमपालनमा कडाइ गर्न निर्देशन दिएको छ। साथै, कालो सूचीमा रहेका खातामा रकम जम्मा बाहेक कुनै पनि कारोबार गर्न नपाइने प्रावधानको कडाइका साथ पालना गर्न भनिएको छ।

राष्ट्र बैंकले यस्तो कदम बैंकिङ प्रणालीलाई पारदर्शी र सुरक्षित बनाउन आवश्यक रहेको जनाएको छ।