जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको ज्यान गएको छ।
स्थानीय शिवकुमार यादवकी छोरी जमुना यादवलाई राष्ट्रव्यापी रूपमा कात्तिक २० र २१ गते सञ्चालन गरिएको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रमका क्रममा औषधि खुवाउने बेला दुर्घटना भएको हो।

औषधि खुवाउने क्रममा बालिकाको घाँटीमा औषधि अड्किएपछि सास रोकिएर केही मिनेटमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिए।