काठमाडौ । जेनजी आन्दोलनका घटनामा छानबिनका लागि बनेको आयोग र नेपाल प्रहरीबीचको मतभेद चर्किएको छ। आयोगले प्रहरी असहयोगी भएको भन्दै प्रहरी प्रमुख चन्द्रकुबेर खापुङलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो। खापुङले भने प्रहरीले सुरुदेखि सहयोग गर्दै आएको र आवश्यक विवरण संकलन गर्न समय लागेको बताए।
आयोगका प्रवक्ता पूर्वएआईजी विज्ञानराज शर्माले मागिएका विवरण समयमा नआएको भन्दै असन्तुष्टि जनाए भने प्रहरीका अधिकारीहरूले आयोगले प्रहरीलाई मात्र निशाना बनाएको आरोप लगाएका छन्।
प्रहरीको भनाइमा आयोगको कामले संगठनको मनोबल घटाउन सक्छ र यसले आगामी चुनावको सुरक्षा वातावरणमा असर पार्न सक्छ। उनीहरूले छानबिनको क्रममा निष्पक्षता र नीतिगत स्पष्टता आवश्यक भएको बताएका छन्।
सरकारले भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि तीन महिनाको म्यादसहित आयोग गठन गरेको थियो, जसमा ७६ जनाको मृत्यु भएको थियो।




























