भारतले ४४०० किलोग्रामको सीएमएस- ०३ उपग्रहको सफल प्रक्षेपण

अन्तर्राष्ट्रिय खबर । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले आइतबार साँझ ४,४०० किलोग्राम तौलको सीएमएस–०३ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ।

इसरोका अनुसार, यो बहु-ब्यान्ड सञ्चार उपग्रह हो जसले भारतको दूरसञ्चार र प्रसारण सेवामा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

प्रक्षेपणपछि इसरोका अध्यक्ष भी. नारायणन ले भने,

“एलभीएम३–एम५ ले सीएमएस–०३ उपग्रहलाई सफलतापूर्वक यसको तोकिएको कक्षमा स्थापना गरेको छ।
म सम्पूर्ण इसरो टोली र सबै साझेदारलाई उनीहरूको महत्वपूर्ण भूमिकाका लागि बधाई दिन्छु। आजको मिसनले भारतको लागि अर्को गर्वको क्षण ल्याएको छ।”

उनका अनुसार, यस आर्थिक वर्षको अन्त्यसम्ममा इसरोले थप सात उपग्रह प्रक्षेपण गर्ने योजना बनाएको छ।
साथै, गगनयानको पहिलो मानवरहित मिसन पनि अन्तिम तयारीको चरणमा पुगेको जानकारी उनले दिएका छन्।

सीएमएस–०३ उपग्रह हालसम्म भारतबाट प्रक्षेपण गरिएको सबैभन्दा भारी उपग्रह हो, जसले देशको अन्तरिक्ष प्रविधि क्षमतामा नयाँ उपलब्धि जोडेको छ।