धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण तथा अपाङ्गता कार्ड निरीक्षण कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, आवश्यक परामर्श र कार्ड अद्यावधिक जाँच गरिएको थियो।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष श्री देवराज धरेल, प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारी, स्वास्थ्य शाखा प्रमुख यम बहादुर श्रेष्ठ, बालबालिका शाखा प्रमुख पार्वती रेग्मी, चिकित्सक डा. मंजिल श्रेष्ठ, साथै सुरक्षा निकायका प्रतिनिधि र स्थानीय अपाङ्गता भएका व्यक्तिहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
गाउँपालिकाले समाजका सबै वर्गलाई समावेशी विकास प्रक्रियामा जोड दिँदै अपाङ्गता भएका नागरिकहरूको पहुँच र हक अधिकार सुनिश्चित गर्न निरन्तर प्रयास गरिरहेको जनाएको छ।




























