इजरायली मन्त्रिपरिषद्‍ द्वारा गाजा युद्धविराम र हमास सँगको सम्झौता अनुमोदन

अन्तरास्ट्रिय खबर । इजरायली मन्त्रिपरिषद्ले गाजा युद्धविराम र हमाससँगको बन्धक सम्झौता अनुमोदन गरेको छ । इजरायल सरकारले प्यालेस्टिनी लडाकू समूह हमाससँग युद्धविराम अनुमोदन गगरेको हो ।

योसँगै अब २४ घण्टा भित्र गाजामा आक्रमण स्थगित गर्ने र त्यसपछि ७२ घण्टा भित्र त्यहाँ राखिएका इजरायली बन्धकलाई मुक्त गर्ने बाटो खुला भएको रोयटर्सले जनाएको छ ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेर करिब १२ सयको ज्यान लिएको थियो। त्यसयता इजरायलले थालेको प्रत्याक्रमणलाई नरसंहारमा बदलेर ६५ हजार बढी प्यालेस्टाइनबासीको ज्यान लिइसकेको छ। यो सम्झौतालाई मध्यपूर्वमा दशकौंदेखिको हिंसा अन्त्यतर्फ ठूलो कदमका रूपमा हेरिएको छ।