धादिङ । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकठेरीमा आइतबार साँझ करिब साढे आठ बजे एक आमा आफ्नै छोराको हातबाट ज्यान गुमाउनु परेको छ ।
३० वर्षीय यम कडेंल (जिरे) ले आफ्नी ५४ वर्षीया आमा राममायाँ कडेंलको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । घटनापछि प्रहरीको टोलीले उनलाई घरमै नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार घटनास्थल अत्यन्तै भयावह अवस्थामा भेटिएको छ — शवको टाउको र शरीर छुट्टिएको अवस्थामा भेटिएकोले दुईवटा मुजुल्का तयार गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल धादिङ पठाइएको छ ।
हत्या गर्ने कारण अझै स्पष्ट हुन बाँकी रहेको र यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।






