काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले साधारण लगानीकर्तालाई लक्षित गरी ल्याएको प्राथमिक शेयर (IPO) मा आवेदन दिने म्याद आज सकिँदैछ। कम्पनीले भदौ ३० गतेदेखि प्रतिकिता १०० रुपैयाँ दरमा ११ लाख ९० हजार ६४० कित्ता शेयर जारी गरेको हो।
यस मध्ये ७२ हजार ६०० कित्ता सामूहिक लगानी कोषका लागि र ४३ हजार ५६० कित्ता कर्मचारीका लागि छुट्टाइएको छ। सर्वसाधारणले भने न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।
आवेदन ‘आस्बा’ सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा र मेरो शेयरमार्फत दिन सकिनेछ। निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरिरहेको छ।
यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै साउन २८ देखि भदौ १ गतेसम्म आईपीओ जारी गरिसकेको थियो।






