काठमाडौं । हालै देशभर फैलिएको जेनजि आन्दोलनका क्रममा १९ जनाको ज्यान गएको र सयौँ घाइते भएको घटनापछि गृहमन्त्री रमेश लेखकले आफ्नो पदबाट राजीनामा दिएका छन्।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उनले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्। उनले घटनाप्रति नैतिक जिम्मेवारी लिँदै गृह मन्त्रालयको नेतृत्वबाट पन्छिन निर्णय गरेको बताइएको छ।
गृह मन्त्रालयका प्रवक्ता अनुसार मृतकको संख्या १९ पुगेको छ भने करिब दुई सय जना घाइते भएका छन्। घटनाबारे थप विवरण संकलन भइरहेको छ।






