धादिङ । त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, त्रिपुरासुन्दरी गाउँपालिका–७, खहरेमा ४ वर्षे स्नातक तह (B.Ed. र BBS) प्रथम वर्षका लागि शैक्षिक सत्र २०८२ को नयाँ विद्यार्थी भर्ना खुला भएको छ।
क्याम्पसका अनुसार शिक्षा संकायतर्फ (B.Ed.) नेपाली, अंग्रेजी, अर्थशास्त्र र जनसङ्ख्या विषय उपलब्ध छन् भने व्यवस्थापन संकायतर्फ (BBS) मा अध्ययन हुने व्यवस्था गरिएको छ।
विद्यार्थीका लागि शान्त वातावरणमा अनुभवी प्राध्यापकद्वारा अध्यापन, कम्प्युटर ल्याबसहित Interactive Board मार्फत सिकाइ, पुस्तकालय सुविधा, भर्ना तथा मासिक शुल्कमा विशेष छुट, अतिरिक्त क्रियाकलाप, विपन्न तथा सीमान्तकृत विद्यार्थीलाई छुट, छात्रावासको व्यवस्था तथा शिक्षक सेवा आयोग र लोक सेवा आयोग तयारी कक्षा निःशुल्क सुविधा उपलब्ध हुने क्याम्पसले जनाएको छ।
भर्ना प्रक्रिया २०८२ साल साउन २२ गतेदेखि सुरु भइसकेको छ भने कक्षा आगामी भदौ ८ गतेदेखि सञ्चालन हुने जानकारी क्याम्पसले दिएको छ।
थप जानकारीका लागि ९८४९९४५६०९, ९८४९००८१२०, ९८५१३११७२५ मा सम्पर्क गर्न सकिने वा [email protected] मा इमेल गर्न सकिने व्यवस्था गरिएको छ।






