रूबीभ्यालीमा राष्ट्रिय परिचयपत्र शिविर साउन २१ देखि ३१ गते सम्म सञ्चालन हुने

धादिङ । रूबी भ्याली गाउँपालिकाका विभिन्न वडामा राष्ट्रिय परिचयपत्र बनाउने शिविर साउन २१ गते देखि ३१ गते सम्म सञ्चालन हुने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङको समन्वयमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको टोली गाउँमै पुग्नेछ।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार, सरकारी तथा गैरसरकारी सेवाहरूमा राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि नागरिकलाई सहज पहुँच सुनिश्चित गर्न शिविर सञ्चालन गर्न लागिएको हो।

शिविर तालिका यसप्रकार छः
वडा नं. ५
🔹 साउन २१ गते – वडा कार्यालयमा, दिउँसो १ बजेबाट सुरु
🔹 साउन २२ गते – वडा कार्यालयमा, पुरै दिन
🔹 साउन २३ गते – वडा कार्यालयमा, दिउँसो १ बजेसम्म

वडा न. ५ र ६ लक्षित
🔹 साउन २४ गते – लाप्चेत आमा समूह भवन, पुरै दिन

वडा न. ३,४,५ र ६ लक्षित
🔹 साउन २६ गते – पेन्तिसिया होटल, दिउँसो २ बजेसम्म

वडा नं. ३
🔹 साउन २७ गते – वडा कार्यालयमा, पुरै दिन
🔹 साउन २८ गते – वडा कार्यालयमा, दिउँसो २ बजेसम्म

वडा नं. १ र २ लक्षित
🔹 साउन २९ गते – वडा कार्यालयमा, पुरै दिन
🔹 साउन ३० गते – वडा कार्यालयमा, दिउँसो २ बजेसम्म

वडा नं. ४
🔹 साउन ३१ गते – वडा कार्यालयमा, पुरै दिन

गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले घरदैलोमै सेवा दिने उद्देश्यले शिविर सञ्चालन हुन लागेको बताए। “शिविरमार्फत सबै आमाबुवा, दाजुभाइ र दिदीबहिनीलाई परिचयपत्र विवरण प्रविष्ट गर्ने सेवा उपलब्ध हुनेछ,” उनले भने।