‘Rotaract Club of Dhading’ को दोस्रो पदस्थापना सम्पन्न, श्रीकृष्ण रिजाल अध्यक्षमा चयन

धादिङ – ‘Service Above Self’ भन्ने मूल नाराका साथ सक्रिय र सामाजिक सेवामा क्रियाशील Rotaract Club of Dhading को दोस्रो पदस्थापन समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममार्फत श्रीकृष्ण रिजाल आगामी कार्यकाल (२०२५/०२६) का लागि क्लबको अध्यक्षमा चयन भएका छन्।

नयाँ कार्य समिति (Rotaractar Year 2025-26)
• अध्यक्ष : श्रीकृष्ण रिजाल
• संस्थापक अध्यक्ष : उत्तम सिलवाल
• उपाध्यक्ष : भवानी भट्टराई
• सचिव : प्रतिभा श्रेष्ठ
• कोषाध्यक्ष : रुपा नेपाल
• संयुक्त सचिव : कुस्मा श्रेष्ठ
• संयुक्त कोषाध्यक्ष : नविना थापा
• पब्लिक इमेज चेयर (Public Image Chair) : प्रतिमा अर्याल
• सदस्यता प्रमुख (Membership Chair) : निलकण्ठ बरुवाल
• सेवा प्रमुख (Service Project Chair) : सपना दाहाल
• सर्जेन्ट एट आर्म्स (Sgt-at-Arms) : रोजिना धरेल
• फाउन्डेशन प्रमुख (Foundation Chair) : प्रगति अर्याल
• सिकाइ सहजकर्ता ( Learning Facilitator ) : अनिस श्रेष्ठ
• युवा सम्पर्क (Young leaders Contact) : सन्दिप रिजाल
• रोटरेक्ट सल्लाहकार (Rotaract Advisor) : अशोक कुमार बस्नेत
सदस्यहरु
• सलिन गुरुङ
• प्रदिप पोखरेल
• शंकर रिजाल

नव निर्वाचित अध्यक्ष रिजालले पदबहाली पश्चात आफ्नो धारणा सार्वजनिक गर्दै यो अवसरलाई अत्यन्तै गौरवपूर्ण र जिम्मेवार क्षणको रूपमा लिएका छन्। उनले सामाजिक उत्तरदायित्वलाई अझ प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता जनाए।

उनले कार्यक्रमका पूर्व अध्यक्ष Rtr. उत्तम सिलवाललाई गत वर्षको सफल नेतृत्वका लागि विशेष धन्यवाद व्यक्त गरे। साथै, क्लबका सल्लाहकार Rtn. अशोककुमार बस्नेत र Rotary Club of Dhading प्रति पनि निरन्तर सहयोग, सल्लाह र प्रेरणाका लागि आभार प्रकट गरे।

पदस्थापना कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि, Rotary Club of Dhading का अध्यक्ष, पदाधिकारी र Rotaract सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूप्रति अध्यक्ष रिजालले न्यानो धन्यवाद ज्ञापन गर्दै आगामी यात्रामा पनि सबैको साथ, विश्वास र सल्लाहको अपेक्षा व्यक्त गरे।

त्यस्तै, Rotary Club of Dhading को १०औं पदस्थापन समारोहबाट डा. राम रिजाल अध्यक्षमा चयन भएका छन्। अध्यक्ष श्रीकृष्ण रिजालले डा. रिजालसहित सम्पूर्ण नयाँ पदाधिकारी तथा सदस्यहरूलाई पनि शुभकामना व्यक्त गरेका छन्।

कार्यक्रम Rotaract र Rotary परिवारको सामूहिक सहकार्य र सेवा भावनाको प्रतिबिम्बका रूपमा सम्पन्न भएको आयोजकले जानकारी दिएका छन्।