रुबिभ्यालिका अनुदान शिक्षकहरुले विविध माग राख्दै पालिका कार्यलयमा ज्ञापन पत्र बुझाए

धादिङ । रुबिभ्याली गाउँपालिकामा कार्यरत अनुदान शिक्षकहरु द्वारा विभिन्न माग राख्दै पालिका कार्यलय रुबिभ्याली सेर्तुङमा ज्ञापन पत्र बुझाएको छ ।

पालिकामा रहेका २१ वटा बिद्यालयका धेरै जसो अनुदान शिक्षकहरु जम्मा भै सबैको हस्ताक्षर सहित ज्ञापन पत्र पेश गरिएको रुबिभ्याली अनुदान शिक्षक सगठनका अध्यक्ष शोभाराम बुदाथोकीले होराईजन खबर लाई बताउनु भयो ।

मागहरू
१. विभिन्न बाहानामा अघिल्लो चौमासिक तलब अत्यन्तै ढिलो प्राप्त भएको र हाल पनि बडा दसैको मुखमा समयमै तलब पाउनु पर्ने !
२.दसै पेश्की पाउनु पर्ने !
३. नेपाल सरकार द्वारा तोकिए बमोजिम सबै कर्मचारीहरुको २ हजारको दरले वृद्धि रकम आफुहरुले पनि पाउनु पर्ने ।
४. साथै महङ्गी भत्ता पनि पाउनु पर्ने !
इत्यादि मागहरू राख्दै पालिका कार्यलयमा ज्ञापन पत्र पेश गरिएको छ ।

हाल रुबिभ्यालिमा शिक्षा अधिकृत एबं प्रा.स. को दरबन्दी रहेता पनि केही समय अघि सरुवा भए सगै पालिकाको शिक्षा क्षेत्रमा कामकाजमा समस्या आएको र शैक्षिक गतिविधि संचालन गर्न एब पालिका सगं समन्वय गर्न समेत समस्या भएको स्थानीय शिक्षकहरुको गुनासो रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here