शिक्षण पेशा सगै बचेको समयमा उदाहरणीय कृषि कर्म ; शिक्षक दल ब. तामाङ

धादिङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रुबिभ्याली ५ लापाका शिक्षक दल बहादुर तामाङ शिक्षण पेशा सगै बचेको समयको सदुपयोग गर्दै बिगत ३ बर्ष देखि निरन्तर मिहिनेतका साथ कृषि क्षेत्रमा पनि उदाहरणीय कार्य गर्न सफल हुनु भएको छ ।

पोखराको PN क्याम्पस बाट स्नातकोत्तरको अध्यन गरि केही बर्ष अघि खुल्ला तर्फ बाट शिक्षक सेवामा नाम निकाल्न सफल तामाङ हाल रुबिभ्याली ५ र ६ का वडाहरुमा, एक सफल कृषि उद्यमिको रुपमा पनि चिनिदै हुनुहुन्छ ।

उहाले उत्पादन गर्नु भएका बिकाशे गोलभेडा, डल्ले खुर्सानी , तिते करेला, ब्रोकाउली, खुर्सानीको तरकारी लगायत अन्य उत्पादनहरु लापा ठूलो गाउँ, कपुरगाउँ रुबिभ्याली ६ को खाडिङ , लप्चेत लगायतका गाउँहरुमा समेत बिक्री बितरण भैरहेको तामाङ बताउनु हुन्छ ।

शिक्षक दल ब. तामाङ द्वारा उत्पादित तरकारी जन्य बस्तुहरु !

उच्च पहाडी भुभाग, करिब १८ सय मिटर सामुन्द्रीक उचाई रहेको यस स्थानमा व्यावसायिक कृषि गर्नु एक चुनौतीपुर्ण कार्य हो ! प्राय जसो बाह्रै महिना धेरथोर बर्षा भैरहने चिसो हावापानी भएको, पुस माघमा हिउँ समेत पर्ने यस्तो विषम परिस्थितिमा पनि यति धेरै तरकारी जन्य बस्तु उत्पादन गर्न सक्नु निकै ठूलो सफलताको रुपमा बुझ्न सकिन्छ ।

हाल गाउँ मै एक नौलो बिधि थोपा सिचाइको माध्यम बाट गरिएको व्यावसायिक गोलभेडा खेतीले प्रशस्तै गोलभेडा उत्पादन भएको तामाङ बताउनु हुन्छ ।

यसर्थ उहाँ भन्नू हुन्छ, नगरे के हुदैन , बिदेशी भुमिमा रगत र पशिना बगाउनुको सत्ता स्वदेश मै पशिना बगाए सुन फल्ने ! पढेर डिग्री हासिल गरेता पनि शिक्षण पेशा सगै परिवारको साथ रमाउदै कृषि कर्म गर्न पाउदा निकै खुशी र सन्तुष्ट भएको शिक्षक दल बहादुर तामाङ बताउनु हुन्छ ।

कृषि क्षेत्रको बिकासको निम्ति पालिका, वडाले थप रचनात्मक योजना ल्याउनु पर्ने ! परम्परागत खेतीबालीको सत्ता प्राबिधिक ज्ञान् , आवस्यक प्रबिधि सहित अर्थोपार्जन हुने किसिमका व्यावसायिक तरकारी खेती लगायत अन्य विविध किसिमका कृषि क्षेत्रमा पनि जोड दिनु पर्ने तामाङ बताउनु हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here