नेपाली काङ्ग्रेस निलकण्ठ नगर समितिको अधिबेशन विवादको कारण स्थगित

असोज – ९, धादिङ । नेपाली काङ्ग्रेस निलकण्ठ नगर समितिको अधिबेशन विवादको कारण हालको लागि स्थगित भएको छ । साथै प्रतिनिधिहरु भने तुरुन्तै चुनाव हुनु पर्ने भन्दै नारा बाजि गरिरहेको होराईजन सम्बादाताले जानकारी गराए ।

नेपाली काँग्रेस निलकण्ठ नगरपालीकामा २ प्यानलले उम्मेदवारी घाेषणा गरिएको थियो । नेपाली काँग्रेस धादिङका नेता तथा पुर्व संसद रामनाथ अधिकारी प्यानलबाट सभापति पदमा धुर्व रिजाल र निलकण्ठ नगरपालीकाका मेयर भिम ढुङगाना प्यानलबाट शम्भुसिहं ठकुरीले उम्म्दवारी घाेषणा गरेका हुन् ।
जिल्लाभरबाट कांग्रेसको २ हजार १८२ जना प्रतिनीधिहरु चुनिएका छन् । सबै भन्दा बढी नीलकण्ठ नगरपालिकाबाट १७८ जना महिला र ३१० जना पुरुष गरि ४८८ जना प्रतिनीधिहरु चुनिएका छन् । भने सबै भन्दा कम नेत्रावती डवजोङ गाउँपालिकाबाट ३१ महिला र ६२ पुरुष सहित ९३ जना चुनिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here