फागुन १ गते धादिङमा विविध कार्यक्रम गरि ३० औं जनयुद्ध दिवस मनाईने

धादिङ । धादिङबेसिमा ३० औं जनयुद्ध दिवस विविध कार्यक्रम गरी मनाईने भएको छ ।

उक्त दिवसको अवसरमा फागुन १ गते विहिबार बिहान नेकपा माओवादी केन्द्र नीलकण्ठ नगर समितिको आयोजनामा जिल्ला अस्पताल धादिङमा रहेका विरामीहरुलाई फलफूल वितरण र सोही समितिको आयोजना र नेपाल रेडक्रस सोसाईटि रक्त सञ्चार धादिङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिने नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति धादिङका कार्यालय सचिव हरि कृष्ण लम्सालले जानकारी दिनुभयो ।

भने सोही दिन दिउँसो नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति धादिङको आयोजनामा “जनयुद्ध र समाजवाद उन्मुख संविधान” विषयमा अन्तक्र्रिया कार्यक्रम गरिने र सोही दिन साँझ योङ कम्युनिष्ट लिग (YCL) जिल्ला समन्वय समिति धादिङ र अखिल क्रान्तिकारी जिल्ला समन्वय समिति धादिङको संयुक्त आयोजनामा दिप प्रज्वलन कार्यक्रम हुने नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति धादिङका कार्यालय सचिव लम्सालले बताउनुभयो ।

स्रोत : रेडियो बिहानी