त्रिपूरा सुन्दरीमा यच.पी.भी.खोप संचालकको निम्ति आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न

धादिङ । यच.पी.भी.खोप अभियान २०८१ लाई सम्पन्न गर्न त्रिपूरा सुन्दरी गाउँपलिकामा पालिका स्तरीय खोप समन्वय समितिका पदाधिकारीहरुको लागि अभिमुखीकरण सहित पत्रकार तथा सञ्चारकर्मीहरु बीच अन्तर्क्रिया कार्यक्रम गरिएको छ ।

कार्यक्रम गाउँपालिका अध्यक्ष राजु उप्रेती, उपाध्यक्ष देवराज धरेल, स्वास्थ्य प्रमुख यम बहादुर श्रेष्ठ ,लगायत वडा अध्यक्षहरु कुश बहादुर सिटौला,हरी बि.क. कमल थापा,कृष्णखत्री लगायतको ब्यक्तिहरुको सहभागीतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

माघ २२ गते भोलि देखि संचालक हुने पाठेघरको मुखको क्यान्सर बाट बचाउने उक्त खोप अभियानमा गाउँपालिकाको १० बर्ष देखि १४ बर्ष सम्मका ८३८ जना छात्राहरुलाई खोप लगाइने स्वास्थ शाखा प्रमु यम बहादुर श्रेष्ठले होराईजन खबरलाई बताउनु भयो ।

त्यस्तै भोलि देखि संचालक हुने उक्त खोप अभियान माघको २६ गते सम्म संचालन हुने छ ।