खनियाबास ४ मा सहिद द्वन्दु स्मृति कप साबिक वडा स्तरीय फुटबल प्रतियोगिता सुरु

धादिङ । खनियाबास ४ कुन्डले खेल मैदानमा सहिद गणेश तामाङ (द्वन्दु) प्रथम वडा स्तरिय फुटबल प्रतियोगिता बिहीबार देखि सुरु भएको छ ।

“स्वास्थको लागि खेल, राष्ट्रको लागि खेल” भन्ने मुल नाराको साथ सहिद गणेश तामाङ (दुन्दु) प्रतिष्ठान द्वारा आयोजना गरिएको उक्त खेलमा प्रथम हुन सफल बिजेता टिमले नगद रु ५० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १५ हजार नगद सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।

उक्त प्रतियोगिताको गाउँपालिकाका उपाध्यक्ष सेक्केमान तमाङले उद्घाटन गरेका थिए । प्रतियोगितामा १२ टिमले सहभागिता जाएका छन् ।