धादिङ । त्रिपूरासुन्दरी ५ सल्यानकोट माध्यमिक विद्यालय द्वारा शुक्रबार आयोजना गरिएको माध्यमिक तहकाे अन्तर समिति हाजिरीजवाफ प्रतियोगितामा रानीपौवा माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ ।

त्यस्तै त्रिपुरासुन्दरी माध्यमिक विद्यालय द्वितीय, महेन्द्राेदय माध्यमिक विद्यालय पाेखरा तृतीय तथा सल्यानकाेट माध्यमिक विद्यालयले सान्त्वना स्थान प्राप्त गर्न सफल भएको छ ।
कार्यक्रममा बिजेता हुन सफल विद्यालयहरुलाई गाउँपालिमा उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका देबराज धरेल द्वारा शिल तथा प्रमाणपत्रहरु प्रदान गर्नु भएको थियो ।







