नेपाल र बङ्गलादेश बीच फाइनल खेल आज बेलुका साढे ६ बजे देखि सुरु हुने

धादिङ । साफ महिला च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपाल र बङ्गलादेश बीच आज फाईनल खेल हुँदैछ । खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ६ बजे शुरू हुनेछ ।

यसअघि ५ पटक फाईनल पुगेर पनि उपविजेतामै सीमित नेपाल पहिलो पल्ट उपाधि जित्ने लक्ष्यमा छ भने एकपटक उपाधि जितेको बङ्गलादेश फेरि उपाधि जित्ने प्रयासमा छ ।

यसअघि समूह चरणको पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको नेपालले माल्दिभ्सलाई ११–० ले हराएको थियो। समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६–० गोलअन्तरले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो।

नेपाललाई अघिल्लो संस्करणको हारको बदला लिएर उपाधि जित्ने मौका छ । सन् २०१० को पहिलो संस्करण र सन् २०१४ को तेस्रो संस्करणमा नेपालले बङ्गलादेशलाई नै हराएर फाइनलमा स्थान बनाएको थियो ।