धादिनग । रुबीभ्याली गाउँपालिकाको ग्रामिण अस्पतालको निम्ति निशुल्क दान गरिएको जग्गा सोमबार अस्पतालको नाममा पास हुन् सफल भएको छ सरकारी मुल्यांकन अनुसार झन्डै ६० लाख बराबरको ७ रोपनी २ आनाको जग्गा रुबीभ्याली ३ का अत्यन्तै मनकारी तर्चित तामाङले अस्पतालको नाममा दान गर्नु भएको थियो ।
हाल सम्म ग्रामिण अस्पताल नभएको यस गाउपालिकामा जग्गा कै अभाबको कारण अस्पताल निर्माण हुन् सकेको थिएन । झन्डै डेढ वर्ष अगाडी नै उक्त जग्गा गाउपालिकाको अस्पतालको लागि दान गरिएको भए पनि अस्पतालको नाममा पास हुन् सकेको थिएँन । यसको निम्ति गाउपालिका अध्यक्ष, उपाध्यक्ष, सोहि वडाको वडा अध्यक्ष लगायत सम्पुर्ण गाउपालिका टिम लागि परेको थियो । त्यस्तै जग्गा पासको निम्ति आवस्यक पर्ने विभिन्न निकाय तथा मन्त्रालयहरुमा पुगि समन्वय गर्न महत्वपुर्ण भूमिका खेलेको गाउपालिका अध्यक्षको स्वकीय सचिप बिपिन तामाङ बताउनु हुन्छ ।
अब बन्न लागिएको १० बेडको ग्रामिण अस्पतालको यसै वर्ष डिपीआरको कार्य समेत सम्पन्न भै अस्पताल निर्माण कार्यको सुरु हुनेछ । यो अस्पताल निर्माण भए पश्चात रुबीभ्यालीका स्थानीयलाई स्वास्थ्य सेवा लिनको निम्ति धेरै सहज हुनेछ ।