धादिङ अस्पताल बागतमी प्रदेशका अस्पतालहरु मध्य तेस्रो: भक्तपुर अस्पताल प्रथम

धादिङ । बागमती प्रदेशभित्रका अस्पतालहरु मध्ये धादिङ अस्पताल तेस्रो भएको छ । आर्थिक वर्ष  २०८०/८१ मा सम्पादित कार्यक्रमहरुको प्रदेश स्तरीय बार्षिक समीक्षा कार्यक्रममा स्वास्थ्य सेवाका सुचकहरु तथा प्रस्तुतीकरण समेतको मुल्याङकनको आधारमा धादिङ अस्पताल तेस्रो भएको हो ।

बागमती प्रदेश अन्तर्गत अस्पतालहरु मध्य भक्तपुर अस्पताल प्रथम, सिन्धुली अस्पताल द्धितिय र धादिङ अस्पताल तृतिय भएको हो ।

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयमा वार्षिक समीक्षा तथा प्रस्तुतीकरणमा प्रदेश तहका सबै जिल्लाका अस्पतालले वार्षिक कार्य सम्पादनसम्बन्धी प्रस्तुति दिएका थिए । जसका आधारमा निर्देशनालयले प्रशंसा–पत्रमा प्रदान गरेको हो। कार्यक्रममा मुख्यमन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री किरण थापाले अस्पताललाई पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।