सेर्तुङमा दशैको अवसरमा प्रथम वडा कप भलिबल खेल तथा मौलिक तिर(बाण) प्रतियोगिता हुने

धादिंग । हिन्दु धर्मावलम्बीहरुको महान पर्व विजय दशमी तथा शुभ दिपालीको पावन अवसरमा “सेर्की दुङमा युवा समाज “द्वारा  ”राष्ट्रको लागि खेलकुद स्वास्थको लागि खेलकुद” भन्ने नाराका साथ रुबीभ्याली ३ सेर्तुङमा प्रथम वडा कप तथा साबिक टोल स्तरीय मैत्रीपुर्ण पुरुष भलिबल प्रतियोगिता, वृहत सांस्कृतिक  कार्यक्रम सहित सरसफाइ कार्यक्रम हुने भएको छ ।

खेलमा सहभागी हुन इच्छुक टिमले मिति २०८१ असोज २३ गते दिउसो ४ बजे सम्ममा टिम दर्ता गरि सक्नु पर्ने  छ ।

त्यस्तै खेल असोज २४ गते बिहान १० बजेदेखि सुरु हुनेछ भने त्यस्तै २६/२७ गते बिहान खेल सम्पन्न गरि दिउँसो बाट सेर्तुङ गाउको एक धार्मिक तथा इतिहास बोकेको  पुर्खाको सानको रुपमा रहेको  तीर अर्थात (वाण) प्रतियोगिता  हुनेछ ।

    
पुरुस्कारहरु
  प्रथम : ३०,०००  [कप, मेडल र प्रमाणपत्र]
  द्वितीय :१८००० [कप, मेडल र प्रमाणपत्र]
  तृतीया : ११००० [कप, मेडल र प्रमाणपत्र]
  सान्त्वना : ३०००|
त्यस्तै  टिम दर्ता शुल्क रु ३ हजार रहेको छ ।

थप जानकारीको लागी
“सेर्की दुङमा युवा समाज” 
रुबिभ्याली गा पा ३ सेर्तुङ, धादिङ 
मोबाइल नम्बर: 9863256598, 9862819982, 9860666682