देउराली मा. बि. ससाहलाई “शितल छहारी नेपाल” द्वारा फिल्टर प्रदान

धादिङ ।  शितल छहारी नेपाल , नीलकण्ठ ८ धादिङ द्वारा  बिहीबार एक कार्यक्रम गरी देउराली मा बि (प्राबिधिक शिक्षालय ) ससाह लाई  PAUL कम्पनीको एक थान पानी छान्ने फिल्टर उपलब्ध गराएको छ ।
बिद्यालय ब्यबस्थापन  समितिका अध्यक्ष रमेश कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा शितल छहारी नेपालको अध्यक्ष कृष्ण बद्री पौडेल , उपाध्यक्ष बिक्रम पौडेल,  नेपाल मानब अधिकार सङ्गठन  धादिङका अध्यक्ष कृष्णराज अधिकारी , प्र अ खिलबहादुर धमला , शितल छहारीका सदस्यहरु मनकाजी पौडेल, शुसिला ढुङ्गाना , सल्लाहकार बालकृष्ण नेपाली लगाएतको उपस्थिति रहेको थियो ।
सस्थाका  अध्यक्षले फिलटरको महत्व बताउदै रु दुई लाख बैसठ्ठी  हजार मुल्य परेकोले राम्रो प्रयोग गर्न अनुरोध गर्नु भयो , प्र अ र बि ब्य समिति का अध्यक्षले सस्था र ब्यक्त्तिलाई धन्यवाद दिदै आगामी  दिनमा पनि सहयोगको अपेक्षा गर्दै राम्रो सदुपयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । शितल छहारी नेपाल सस्थाले धादिङमा  स्वाबलम्बी बहिरा विद्यालय , नमुना बौद्धिक अपाङता विद्यालय , आमाको माया को छात्राबास , नेत्रावाती डवजोङको महेन्द्र बराही मा बि , खनियाबासको माउरमा , बेनिघाटमा ,  जाजरकोटसम्म सहयोग गरेको बत्ताउनु हुन्छ सस्थाका उपाध्यक्ष बिक्रम पौडेल ।
केही दिन पछी अर्को  नमुना बौद्धिक अपाङता  विद्यालयमा पनि फिल्टर उपलब्ध   गराउने सस्थाका अध्यक्षले बताउनु   भयो । हालसम्म  धादिङ जिल्लाको ९ वटा विद्यालयमा उक्त किसिमको फिल्टर उपलब्ध गराई सकेको छ ।