राष्ट्रिय युवा संघ धादिङको नवौं जिल्ला अधिबेशन सम्पन्न: अध्यक्षमा सुनिल तामाङ चयन

धादिङ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ धादिङको अध्यक्षमा सुनिल तामाङ चयन भएका छन् । मंगलबार सम्पन्न नवौं जिल्ला अधिवेशनबाट तामाङको अध्यक्षतामा ५५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

अधिबेसनबाट उपाध्यक्षमा किरण पाठक, सचिबमा गुनु लामा, सह सचीवमा राजु तामाङ, गणेशलाल श्रेष्ठ, कोषाध्यक्षमा सुमन अधिकारी, युथफोर्स बिभाग प्रमुखमा निशान बिशुराल चयन भएका छन् ।