रेडक्रस धादिङ द्धारा छात्राबास र स्वबलम्बी बहिरा आ.बि.मा स्वास्थ सामाग्री प्रदान

धादिङ । नेपाल रेडक्रस सोसाईटीको ६२ औं स्थापना दिवसको अवसरमा धादिङ शाखाले स्वास्थ्य तथा सरसफाईको सामाग्री वितरण गरिएको छ ।

बुधबार एक कार्यक्रमको आयोजना गरि रेडक्रस धादिङ शाखाले नीलकण्ठ नगरपालिका वडा नम्बर ४ मा रहेको आमाको माया छात्राबास र नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा रहेको स्वबलम्बी बहिरा आधारभुत विद्यालयलाई स्वास्थ्य तथा सरसफाई सामाग्री हस्तान्तरण गरिएको हो ।

हाईजिन किट, माक्स, ग्लोप्स, सेनिटाईजर, साबुन, सेल्टर किट, डस्विन, बाल्टिन, त्रिपाल र कम्वल लगायतका सामग्रीहरु वितरण गरिएको नेपाल रेडक्रस सोसाईटी धादिङका सभापति दुर्लभ कुमार तामाङले जानकारी दिनुभयो ।

सहयोग सामाग्री हस्तान्तरण समारोहमा नेपाल रेडक्रस सोसाइटी धादिङ शाखा सभापति दुर्लभ कुमार तामाङ,मन्त्री नेम बहादुर श्रेष्ठ,कोषाध्यक्ष नारायण कुमार श्रेष्ठ, कार्यालय प्रमुख आगमन खतिवडा,आमाको माया छात्राबासका ब्यवस्थापन समितिका अध्यक्ष डा. नवीन बन्धु पहाडी,लायन्स क्लव अफ धादिङका भैरवीका प्रथम उपाध्यक्ष बालकृष्ण नेपाली,नेपाल निजामती कर्मचारी युनियन धादिङका अध्यक्ष प्रकाश सापकोटा रााष्ट्रसेवक कर्मचारी पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

स्वाबलम्बी वहिरा आधारभुत विद्यालयमा ४३ जना र आमाको माया छात्रावासमा २४ जना विद्यार्थी रहेका छन् । नेपाल रेडक्रस सोसाईटीले स्थापना काल देखि नै नेपालमा रचनात्मक र मानव जीवनसंग सम्बन्धीत कार्यक्रमहरु गर्दै आएको छ ।