बोराङको शिव डाडामा ७० किलोको घण्टी राखियो: राप्रपा अध्यक्ष लिङ्देन समेत सहभागी

धादिङ । रुबीभ्याली ४ बोराङको थालगाङ शिव डाडामा
शिव भगवान दर्शन कार्यक्रम सहित ६४.२५ किलोको घण्टी र अन्य घण्टीमा प्रयोग भएका फलामहरु सहित ७० किलोको घण्टी आज बुबाको मुख हेर्ने दिन पारेर राखिएका छ ।

उक्त घण्टी फिलिम तामाङले आफ्नो स्वर्गीय बुबा युग्दु तामाङको नाममा खरिद गरि भगवान शिब मुर्तिको लागि हस्तान्तरण गरिएको वडा अध्यक्ष प्रशान्त तामाङले होराईजन खबरलाई जानकारी दिनु भयो ।

कार्यक्रममा पुर्ब उप उपप्रधानमन्त्री एवं राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, पूर्व गृहमन्त्री राप्रपा वरिष्ठ उपाध्यक्षमा बुद्धिमान तामाङ, पशुपति बिकास कोषका सदस्य सचीव डा. मिलान कुमार थापा , पशुपतिको मुल भट्ट पुजारी, अर्थ मान्त्रलाय को सचिब टोकराज पाण्डे, राप्रपा युवा नेता ज्ञानेन्द्र लाम, राप्रपा युवा नेत तथा समाजसेवा फिलिङ तामाङ, लिङ्देनको स्वकीय सचीव छत्र खडायत लगायतको उवस्थितीमा घण्टी राख्ने कार्यक्रम सम्पन्न भएको छ ।