गोसाइँकुण्ड मेलामा साढे २ लाख भेटी संकलन

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

रसुवा । धार्मिकस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा मेलामा साढे २ लाख भेटी संकलन भएको छ। गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार २ लाख ५७ हजार १ सय ५५ रुपैयाँ भेटी संकलन भएको हो।

गोसाइँकुण्ड पुगेका भक्तजनले मन्दिरमा चढाएको भेटी पुजारीमार्फत संकलन गरी नेपाल प्रहरीको सुरक्षाका साथ धुन्चे ल्याएर गणना गरिएको थियो।

सङ्कलित भेटी बैंकमा जम्मा गरिएको छ। प्राप्त रकम महादेवको नाममा खोलिएको बैंक खातामा जम्मा गरी कार्य समितिको निर्णय बमोजिम गोसाइँकुण्ड क्षेत्रको संरक्षण कार्यमा खर्च हुने बताइएको छ। नाग पञ्चमीदेखि भाद्र ३ गते जनैपूर्णिमा मेलासम्मको अवधिमा ११ हजारभन्दा बढी भक्तजनले गोसाइँकुण्डमा स्नान गरेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ।

गत वर्षको तुलनामा यस वर्ष कम रकम संकलन भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष संजीव डीएमले बताए।