टान निर्वाचनमा पाण्डे र सापकोटा समूहद्वारा प्यानल सहित उम्मेदवारी घोषणा

काठमाडौँ | पदयात्रा (ट्रेकिङ) व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आगामी भदौ १७ गते वार्षिक साधारण सभामार्फत नयाँ कार्यसमिति चयन हुँदै छ ।

नयाँ कार्यसमिति निर्वाचनका लागि अध्यक्षका प्रत्याशीहरूले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षका प्रत्याशी सागर पाण्डे र राजेन्द्र प्रसाद सापकोटाले प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् ।पाण्डे समूहले आइतबार र सापकोटा समूहले शनिवार कार्यक्रमको आयोजना गरी उम्मेदवारी घोषणा गरेको हो । पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्की, प्रथम उपाध्यक्षमा दावा लामा र द्वितीय उपाध्यक्षमा निशेष थापाले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै, महासचिवमा सोनाम शेर्पा, सचिवमा सजना त्रिपाठी, कोषाध्यक्षमा गणेश प्रसाद न्यौपाने र सहकोषाध्यक्षमा डम्बर अधिकारीले उम्मेदवारी घोषणा गरे । पाण्डे समूहका तर्फबाट कार्यसमिति सदस्यमा माधवकुमार धमला, विनोदकुमार तामाङ, सृष्टि भण्डारी, फुर्बु छिरिङ भोटे, उत्सव ढकाल, शिवप्रसाद सिलवाल र अम्बिरबहादुर गुरुङसमेतले उम्मेदवारी घोषणा गरेका छन् ।

ध्यक्षका प्रत्याशी पाण्डेले पर्वतीय पदयात्रा व्यवसायमा क्रियाशील व्यवसायी र मजदुरलाई प्रत्यक्ष फाइदा पुग्ने गरी ‘बृहत् टान अक्षयकोष’ निर्माण आफ्नो प्राथमिकता रहेको बताए । उनले पछिल्लो समय स्थानीय तहले जथाभाबी रूपमा मोटर बाटो खन्दा पदमार्गहरू मासिँदै गएकाले त्यसको संरक्षणका लागि आफूले काम गर्ने बताएका छन् । पदयात्रा व्यवसायमा लगाइएको भ्याट समसामयिक नभएको भन्दै त्यसको पुनरावलोकनमा आफूले काम गर्ने उनको प्रतिबद्धता छ ।

यसै गरी सापकोटा नेतृत्वको समूहले २० बुँदे चुनावी घोषणापत्रसहित उम्मेदवारी घोषणा गरेको हो । अध्यक्षका प्रत्याशी सापकोटाको समूहबाट वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पाले उम्मेदवारी घोषणा गरेका छन् ।

साथै महासचिवमा राजेन्द्र प्रसाद सुवेदी, सचिवमा रिञ्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पाले उम्मेदवारी घोषणा गरे । उक्त समूहका तर्फबाट कार्यसमिति सदस्यमा सागर राई, सुमन अर्याल, राजु गुरुङ, दिनेश तिम्सिना, विश्व दाहाल, भुवनबहादुर खड्का, दावा ग्याल्जेन लामा, छेपेट लामा र पवित्रा तामाङले उम्मेदवारी घोषणा गरेका छन् ।

अध्यक्षका प्रत्याशी सापकोटाले पदमार्ग संरक्षण, त्यससम्बन्धी नीतिगत सुधार आफ्नो प्रमुख प्राथमिकता रहेको बताए । ‘पदयात्रा व्यवसाय विकासको दीर्घकालीन सोचसहित नीतिगत सुधार पहिलो प्राथमिकता हुनेछ’, उनले भने, ‘पदमार्ग नै नभए व्यवसाय सङ्कटमा पुग्ने खतरा छ, विकासका नाममा मासिँदै गएका पदमार्गको संरक्षणमा कटिबद्ध भएको लाग्नेछु ।’

आर्थिक समृद्धिको मुख्य आधार मानिएको पर्यटन क्षेत्रको महत्त्वपूर्ण पाटो साहसिक पर्यटनलाई पाठ्यक्रममा समावेश गराएर यसको प्रभावकारी प्रवर्द्धनका लाटान निर्वाचन : पाण्डे र सापकोटा समूहद्वारा प्यानलसहित उम्मेदवारी घोषणा