खनियाबास १ को बृहत खानेपानी योजनाको “मर्मत सम्भारकोष”को समिति गठन सम्पन्न

धादिङ । खानियाबास गाउँपालिका १ मा संचालित ५ बर्षे बृहत खानेपानी निर्माण योजनाको मर्मत सम्भारकोष समिति शनिबार गठन गरिएको छ ।

खानेपानी उपभोक्ता समितीका अध्यक्ष बेगरोम तामाङ्को रोहबरमा बैठक बसी १४१ घरदुरीमा खानेपानी धारा संचालित उक्त खानेपानीलाई थप ब्याबस्थित तरिकाले संचालन गर्नको लागि ९ जनाको सदस्यतमा मर्मत सम्भार कोष समिति गठन गरिएको स्थानीय नसुम तामाङले होराईजन खबरलाई जानकारी दिनु भयो ।

नवगठित कार्यसमितिका नामावलीहरु निम्न लिखित छन ।
अध्यक्ष – चिर्जा तामाङ
सचिब – राम बहादुर तामाङ
कोषाध्यक्ष – अस्मिता तामाङ
सदस्यहरुमा
पिपार तामाङ
सिर्चरोङ तामाङ
जिताजोम तामाङ
गाङ्गलामा तामाङ
बेग बहादुर तामाङ
राम तामाङ सहित ९ जनाको समिति गठन गठन गरिएको छ ।