धादिङ बेसीमा दुई पुस्तक र एउटा अडियो गीत विमोचन

धादिङ । जिल्लाको सदरमुकाम स्थित धादिङ बेसीमा एकौ परिवारका तिन पुस्ताको छुट्टाछुटै कृतिको शनिबार धादिङबेसीमा विमोचन गरिएको छ । सिद्धलेक गाउँपालिका वडा नम्बर १ का शालिग्रम अर्यालको पुरानो पोको कबिता संग्रह, उहाँको छोरी सृजना अर्यालको मुर्दा घर नाटक र सृजनाको छोरा सजल अधिकारीको अस्तित्व नामक र्यापको गितको अडियो एक साथ वरिष्ठ साहित्यकार प्राज्ञ नरनाथ लुइटेलले विमोचन गर्नुभएको हो ।

२०३६ सालदेखि २०७५ सम्म शालिग्रम अर्यालले रचना गर्नुभएका ८० ओटा कबिता रहेको पुरानो पोको कविता संग्रहमा देशमा तत्कालित अवस्थाको अवस्था विकास र पंचायति तानाशाह लगायतका विषयवस्तुमा लेखिएको छ ।कार्यक्रमका प्रमुख अतिथी लुइटेलले कविताले तत्कालिन अवस्थाको चित्रण गर्दै बैचारिक मुल्यमा खरो रहेको बताउनुभयो । महिलाले भोगेका समस्या र पारिवारिक द्वन्द्व आदी विषय समेटिएको मुर्दाघर नाटक कितावको विमोचन गरिएको थियो ।

मान्छेका मनोतुष्टीहरुको सन्तुष्टी नहुँदा घर मसानघाट हुने नाटकको समिक्षा गर्दै साहित्यकार नविनबन्धु दाहालले बताउनुभयो ।सृजनाका छोरा सजल अधिकारीको अस्तित्व नामक गिती अडियो सो अबसरमा बिमोचन गरियो ।एउटा संयोगको रुपमा एकै घरमा तिन पुस्तकको कृतिहरु प्रकाशन भएको कार्यक्रममा साहित्यकार बद्री दाहाल, नविनबन्धु पहाडी, कृष्ण अर्याल, रामबहादुर भण्डारी, लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

धादिङ सिर्जना प्रतिष्ठानको वार्षिक साधारणसभा र कृति विमोेचन कार्यक्रमको प्रतिष्ठानका अध्यक्ष प्रकाश पौडेलले गर्नुभएको थियो ।